थप उपचार दिल्लीको एपोलो अस्पतालमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ ।

खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ ।

frontline

ज्वरो  र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here