त्रियुगा नगरपालिका-१३ नं वडामा स्वास्थ्य भवन सिल्यान्यास

त्रियुगा नगरपालिका वडा नं १३ ढिकमा स्वास्थ्य भवनको सोमवार सिल्यान्यास भएको छ । त्रियगा नगरपालिकाका मेयर बलदेव चौधरीले भवनको सिल्यान्यास गर्नुभयो । ३६ लाख ६९ हजार ३ सय १२ रुपयाँ २४ पैसा कर सहित बजेटमा भवन निर्माण हुन लागेको वडाले जनाएको छ ।

आधारभूत स्वास्थ्य भवनका लागि त्रियुगा नगरपालिकाले केन्द्रमा बजेटको माग गरेको थियो । यसै अन्तरगत १३ न वडाले पनि स्वास्थ्य भवनका लागि बजेट प्रस्ताव गरिएकोमा बजेट स्वीकृत भएर आएपछि  सोही बजेट अनुसारको भवन निर्माण गर्न लागिएको १३ नं वडाका अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।

frontline

भवन सिल्यान्यास कार्यक्रममा बोल्दै मेयर चौधरीले स्वास्थ्य भवन हाल केहि वडाहरुमा निर्माण भईरहेको र क्रमस १६ ओटै वडामा भवन निर्माण कार्यक्रमलाई प्राथामिकता दिने बताउनुभएको छ । वडावासीहरुलाई स्वास्थ्य राख्न नगरपालिकाले हरेक स्थानीय तहमा आधारभूत स्वास्थ्य भवनको निर्माण कार्यलाई तिव्र बनाउने बताउँदै अन्य वडाहरुमा यसको लागि पहल गर्ने बताउनुभयो । उहाँले सबै नागरिकहरु स्वास्थ्य वन्नु पर्ने कुराको मध्यनजर गर्दै त्रियुगा नगरपालिकाले सबै वडाहरुमा स्वास्थ्य भवन निर्माण गर्ने कार्यक्रमलाई प्राथामिकताका साथ अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवी कुमारी चौधरीले स्थानीय सरकारले स्वाथ्य क्षेत्रमा निकै काम गर्दै आएको बताउनभुयो ।

आफ्नै वडा तह सम्म स्वास्थय भवनको निर्माण कार्यक्रम भईरहँदा स्थानीय वडावासीहरुलाई सबै भन्दा वढी सहज हुने उहाँले बताउनुभयो ।

भवन निर्माणको ठेक्का न्यु चुरिया निर्माण सेवा कम्पनीले लिएको छ । भवन निर्माण अबिधि २०७७÷९÷२ देखि ०७८÷३÷१५ भित्र सकि वडालाई बुझाउनु पर्ने छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here