त्रिभुवन विश्वविद्यालय सभाको बैठक भोलि, यस्ताे छ कार्यतालिका ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक आउँदो असोज २२ गते बिहीबार बिहान ९:०० बजेदेखि बस्ने भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा आयोजना हुने सो बैठकको सञ्चालन त्रिविका शिक्षाध्यक्ष एवं सभाका सदस्य-सचिव प्रा.डा. अन्जना महर्जन सिंहले गर्नेछन् ।
बैठकमा उपकुलपति प्रा.डा. भोला थापाले स्वागत मन्तव्य राख्नेछन् भने सहकुलपति एवं मन्त्री पोखरेलले सभालाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।






प्रतिक्रिया दिनुहोस्