त्रिभुवन विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका कारण जहाज आकासमै होल्ड

१९ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भइरहेको छ । जसका कारण नेपालको आकासमा जहाजहरु होल्ड हुन पुगेका छन् ।

त्रिभुवन विमानस्थलको आकासमा एरोथाइको जहाजले फन्को मार्दै परीक्षण गरिएको छ । जसका कारण कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा परेका छन् ।

frontline

दिल्लीबाट आएको भिस्तारा एयरवेजको जहाजसमेत होल्डमा परेको छ । यसबाहेक आन्तरिक उडानका जहाजहरु समेत अहिले होल्डमा छन् ।

त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि पहिलो पटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here