तेह्रथुम पावरको आइपिओ भदौ ९ गतेदेखि खुल्ने

बुधवार, तेह्रथुम ।  सर्वसाधारणका लागि तेह्रथुम पावर कम्पनीको प्राथमिक सेयर (आइपिओ) भदौ ९ गतेदेखि खुल्ने भएको छ।

कम्पनीको आइपिओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। 

frontline

प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन हुन लागेको हो।

यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। 

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

तेह्रथुम जिल्लामा कम्पनीले ७.५ मेगावाट क्षमताको आयोजनाबाट बिजुली उत्पादन गर्नेछ। कम्पनीको आइपिओलाई इक्रा नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ।

यसले कम्पनी दायित्व वहन गर्न औसत मध्यम क्षमतामा रहेको जनाउँछ। कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनआइबिएल एस क्यापिटल रहेको छ। 

यसअघि कम्पनीले प्रभावित स्थानीयका लागि आइपिओ बाँडफाँड गरिसकेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here