तेह्रथुममा विद्यूत सर्ट भएर एक घरमा आगलागी

सान्केतिक तस्बिर

शनिबार, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा शनिबार बिहान विद्यूत सर्ट भएर आगलागी हुँदा एउटा घर जलेको छ ।

बिहान ४ बजे विद्यूत सर्ट भएर आगलागी हुँदा रङ्ग बहादुर खड्काको घर सहित नगद, लत्ताकपडा र खाद्यन्न जलेको हो ।

frontline

आगलागीबाट घरको माथिल्लो तला पूर्णरुपमा जलेको छ । दुई घण्टाको प्रयास पछि लालीगुराँस नगरपालिकाको दमकलको सहयोगमा स्थानीयबासीले आगो नियन्त्रणमा लिएको छिमेकी नेत्र खड्काले जानकारी दिए ।

अहिले क्षतिको विवरण संकलन भइरहेको आगो निभाउने कार्यमा खटिएका स्थानीय श्रीमान् स्मारक माविका शिक्षक चक्र बहादुर भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here