तेस्रो,चौथो लहरबाट बालबालिका बढी प्रभावित हुनसक्ने भन्दै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न निर्देशन

काठमाण्डु  । सरकारले तेस्रो र चौथो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अस्पताललाई निर्देशन दिएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नीजि तथा सरकारी अस्पतालहरूलाई पत्राचार गरी २० प्रतिशत बेडसहित तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

frontline

साथै मन्त्रालयले अक्सिजनको समेत व्यवस्था गर्न भनेको छ ।

‘प्रथम लहर र दोस्रो लहर अत्याधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ,’ महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो लहर जस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आफ्नो स्वीकृति शैयाको कम्तिमा कम्तिमा २० प्रतिशत शैया कोभिड–१९ संक्रमित बालबालिहरुको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न अनुरोध छ ।

साथै वैकल्पिक अक्सिजनको व्यवस्थापन समेत गर्नुहुन अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here