तेल तथा ग्यास कम्पनीहरूले लोभ गरेर सर्वसाधारणलाई शोषण गरेको राष्ट्रसंघीय महासचिवको आरोप

 १९ साउन, काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरसले तेल तथा ग्यास कम्पनीहरूले विचित्र लोभ प्रदर्शन गरेर सर्वसाधारणलाई शोषण गरेको आरोप लगाउनुभएको छ ।

त्यस्ता कम्पनीहरूमाथि चर्को कर लगाएर सर्वसाधारणलाई बचाउन पनि उहाँले विश्वका सरकारहरूलाई आह्वान गर्नुभएको छ ।

frontline

विश्वभर उर्जा संकट बढिरहेको बेला तेल तथा ग्यास कम्पनीहरूले अजीबको लालच देखाएर अनैतिक नाफा कुम्ल्याईरहेको र त्यसको मार तल्लो वर्गले भोग्नुपरेको बताउनुभएको छ ।

अमेरिकाका दुई ठूला तेल कम्पनी एक्सोन मोबिल कर्पोरेसन सेब्रोन, बेलायतको शेल तथा फ्रान्सको टोटल इनर्जीले संयुक्त रूपमा पछिल्ला तीन महिनामा ५१ अर्ब डलर नाफा कमाएको उहाँले दाबी गर्नुभयो ।

ती कम्पनीहरूले अघिल्लो वर्षको सोही अवधिमा भन्दा दोब्बर नाफा कमाएको पनि महासचिव गुटेरसको भनाइ छ ।

‘यस्तो अत्याधिक नाफामाथि कर लगाएर तल्लो वर्गका मानिसहरूलाई सहयोग गर्न म सरकारहरूलाई आग्रह गर्छु,’ उहाँले भन्नुभएको छ ।

जैविक इन्धन उद्योग र तिनका लगानीकर्ताहरूको विचित्र लोभका कारण गरीबहरू झन् गरीब बनेको र साझा घर पृथ्वीलाई ध्वस्त पारिरहेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here