तीन दिनदेखि बेपत्ता युवकको शव इनारमा फेला

२८ जेठ, चन्द्रौटा । कपिलवस्तुमा एक युवकको शव इनारमा फेला परेको छ । तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज इनारमा डुबेको अवस्था फेला परेको हो ।

श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

frontline

उनका अनुसार कहारको शव परीक्षण गर्न शिवराज अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here