तीन दिनअघि पहिरोले पुरिएर घाइते महिलाको मृत्यु
बुटवल । पाल्पामा तीन दिनअघि पहिरोले पुरिएर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका–५ गिट्टीखानीकी ७५ वर्षीया सुन्दरी गुरुङको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा शुक्रबार राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।
यसअघि पहिरोमा परी ४५ वर्षीय वीरबहादुर गुरूङ र ४ वर्षीय आरभ परियारको मृत्यु भएको थियो ।
बिहीबार बिहान ४ बजे माथिबाट झरेको पहिरोले पुरिएर तिनाउ गाउँपालिका–५ गिट्टीखानीका ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्