तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

१८ चैत, काठमाडौँ । संसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए । आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको दोहोर्याए ।




चैत १५ गते तिनकुनेमा अराजकता भएको उनले बताए । त्यस दिनमा कुनै एक पक्षको मात्रै कमजोरी भयो भनेर अगाडि जान नहुने र सरकार र प्रदर्शनकारी दुवैतर्फको कमजोरीबारे जनताले यथार्थ थाहा पाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्