तीजको नाच हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार

बङलाचुली । तीजको नाच हेर्न गएकी एक किशोरीमाथि जंगलमा सामूहिक बलात्कार भएको छ।

बङलाचुली गाउँपालिकाकी करिब १७-१८ वर्षीया ती किशोरी तीजको नाच हेरेर राति एक्लै जंगलको बाटो हुँदै घर फर्किने क्रममा बिहीबार बिहान २ बजेतिर तीन युवाहरूबाट सामूहिक बलात्कारमा परेकी थिइन्।

frontline

बाटो ढुकेर किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका वडा नं. ७ बिर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्साङी र २० वर्षीय यमबहादुर मास्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालले बताए।

बिहीबार मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको र सोही दिन उनीहरूलाई पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिए।

पीडित किशोरी प्रहरीको महिला सेलमा रहेको डिएसपी रिजालले बताए।

पीडितले घटनाका आरोपितविरूद्ध किटानी जाहेरी दिइ सकेको हुँदा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढिसकेको डिएसपी रिजालले जानकारी दिए।

पीडितले आफ्नो जाहेरीमा आफू बुधबार साँझ तीजको नाच हेर्न गएको र रातिमा जंगलको बाटो हुँदै घर फर्किने क्रममा एक्लाबर नजिक जंगलमा तीन जनाले जबजस्ती सामूहिक बलात्कार गरेको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here