तिमीले नै भनिसकेपछि म आफ्नो उम्मेदवारी फिर्ता लिन्छु’ : मीनेन्द्र रिजाल
नेपाली कांग्रेसको जारी पन्ध्रौँ महाधिवेशनमा उपसभापति पदको उम्मेदवार बनेका डा. मीनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने भएका छन्।
पार्टीका सभापति गगन थापाले समर्थन गर्न नसक्ने बताएपछि रिजाल उम्मेदवारी फिर्ता लिन तयार भएका हुन्।
मंगलबार खुलातर्फ उपसभापति पदमा उम्मेदवारी दिएका उनले आज (बुधबार) औपचारिक रूपमा आफ्नो नाम फिर्ता लिने बताएका छन्।
यस सम्बन्धमा मंगलबार सभापति थापासँग कुराकानी गरेको भिडिओ रिजालले आफ्नो फेसबुकमा राखेका छन्।
जहाँ उनी भनिरहेका छन्, ‘कसैलाई समर्थन गर्न सक्दिनँ है भनेपछि मेरो मथिङ्गलमा धेरै कुरा खेलिराखेको छ। मलाई जोडिने कुरा ठुला लाग्यो। मलाई आज आकांक्षा ठुलो छैन। आकांक्षा एउटै छ- कांग्रेस पार्टी कांग्रेसजस्तै होस्। कांग्रेसको हार्ट र स्वरूप फिर्ता होस्। त्यो काममा म तिमीलाई सहयोग गर्छु। तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भन्नुको कुनै अर्थ छैन। त्यसैले मेरो यो पालि पार्टीको केन्द्रीय समितिमा पद खोज्ने यात्रा टुंगियो। भोलि (आज बुधबार) औपचारिक रूपमा नाम फिर्ता लिनेछु।’






प्रतिक्रिया दिनुहोस्