तिनवटा विमानमा आलु भरेर जापान पठाइयो

१६ पुस, टोक्यो । अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनाल्ड्सले जापानमा आलु संकट कम गर्न आलुले भरिएका तीन वटा विमान जापान पठाएको छ।

म्याकडोनाल्ड्सले तत्कालिन आलु संकट कम गर्न हालै आलुले भरिभराउ तिनवटा विमान जापान पठाएको हो।

frontline

पछिल्लो समय जापानमा आलु अभावका कारण जापानमा सञ्चालित म्याकडोनाल्डस् रेष्टुरेन्टले आलुका परिकार पकाउन छोडेको समाचार बाहिरिएको थियो।

आलु अभावकै कारण सर्बाधिक लोकप्रिय फ्रेन्च फ्राइज, चिप्स लगायत आलुका परिकारसमेत बन्न छोडेपछि सो कम्पनीले तत्कालिन आलु संकट कम गर्न विमानमार्फत आलु पठाएको जनाएको छ।

‘हामीले तत्कालीन आलु आपुर्तीको लागि तीन वटा विमान लोड गरेर जापान पठाएका छौं। जापानमा आलु अभावका कारण फ्रेन्च फ्राइज र अन्य आलुका परिकारहरु बन्न छोडेकोले हामीले सहयोग स्वरुप विमानमार्फत् जापानमा आलु पठाएका हौं,’ म्याकडोनाल्ड्सका सिइओ रियान पिटर्सनले ट्वीटरमार्फत् भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here