ताल फुटेर आएको पहिरोले बुढीगंगा नदी आंशिक थुनियो

बुधबार, धनगढी । बाजुरामा बुढीगंगा नदी आंशिक रुपमा थुनिएको छ। गौमुल गाउँपालिका-२ कुहुडामा ताल फुटेर आएको पहिरोले थुनिएको नदी आंशिक रुपमा बग्न थालेको वडा कार्यालयले जनाएको छ।

वडा सदस्य गीता रोकायाले नदीमाथिबाट गौमुल ताल फुटेर पहिरो जादा नदी थुनिएको जानकारी दिईन् ।

frontline

वडा सदस्य रोकायाका अनुसार त्यहाँ एक सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो।

सोही ठाउँमा तुसारी गाडका २ वटा झोलुंगे पुल बगाएको उनले जानकारी दिइन् । वडा नम्बर ३ गर्ज्याङ र वडा नम्बर २ दहकोटमा एउटा झोलुंगे पुल बगेको उनले बताइन् ।

अजयटोट्की टोल जोखिममा परेपछि १६ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । उनीहरु लेकमा त्रिपालमा बसेका छन् ।

बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले नदी थुनिएको खबर आएपछि प्रहरीको टोली पठाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here