तालिवानले गाउँ कब्जा गरेपछि घर छाडेर शरणार्थी शिविरमा

बिहिबार, कन्दहर । मोहम्मद सादिक यसै साता कन्दहर शहरबाहिरको आफ्नो गाउँमा फर्किए, र उनले यो शहर तालिवानको कब्जामा पुगिसकेको थाहा पाए । 
‘उनीहरुले मलाई छिर्न पनि दिएनन्,’ मंगलबार एएफपी न्युजसँग उनले भने । उनी अहिले कन्दहरस्थित बिस्थापितहरुको शिविरमा बसिरहेका छन् । तालिवान र सरकारबीचको लडाँइका कारण घर छाड्ने दशौं हजार अफगानीमध्ये सदिक एक हुन् । २० वर्षसम्म अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सेना अहिले धमाधम घर फर्कदैंछन् । त्यससँगै तालिवानले आक्रमण बढाउदै लगेको छ ।

जसकारण अफगानिस्तानको दोस्रो शहर कन्दहरमा कार, बस, ट्रक वा पैदलै हिंडेर आउने शरणार्थीहरुको संख्या बढेको छ । स्थानीय अधिकारीहरुका अनुसार यसै महिनामात्र यहाँ १ लाख ५० हजार जनाको आगमन भएको छ ।

frontline

‘मैले मेरो घर अगाडि नै भएको बिस्फोटमा दुई छोरा गुमाएँ,’ कन्दहर बिमानस्थल नजिकै हज तिर्थयात्रीहरुका लागि तयार गरिएको स्थलमा शरण लिएर बसेकी बीबी आयशाले भनिन्,‘ मेरो छिमेकका सडकहरु मानिसको लाशले भरिउको थियो ।’ 

तालिवानले आक्रमण बढाउँदै लगेकाले आगामी महिनाहरुमा संकट गहिरिने चेतावनी मानविय कार्यमा संलग्न संघ–संस्थाहरुले दिएका छन् ।

 दुर्गम क्षेत्रका केही जिल्लाहरु सरकारी सेनाले मुडभेड नै नगरी छाडिदिएको छ । कन्दहरजस्ता प्रान्तिय राजधानीको रक्षार्थ उसको ध्यान केन्द्रीत छ ।

कन्दर तालिवान जन्मेको इलाका हो, यो समूह यहींबाट १९९६ मा उदाएको थियो । २००१ सम्म उसले अफगानिस्तानका अधिकांश भूभाग कब्जामा लिइसकेको थियो । त्यसपछि अमेरिकी सैनिकले यस समूहमाथि आक्रमण थाले । 

फेरि, पनि यो शहर तालिवानको कब्जामा जानु सरकारका लागि निकै घातक हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here