तालिबानद्वारा आफ्नो हिंस्रक गतिविधिलाई निरन्तरता

बिहीबार, एजेन्सी । विगत २० वर्ष लामो सशस्त्र संघर्षपछि अफगानिस्तानको शत्ता कब्जा गरेको तालिबानले आफ्नो हिंस्रक गतिविधिलाई निरन्तरता दिइरहेको छ ।

उसले आफूलाई देशभर आफ्नो पकड बनाउनको लागि हिंस्रक गतिविधिलाई निरन्तरता दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ ।

frontline

तालिबानले पछिल्लो समय आफूलाई देशभर बलियो बनाउँदै गइरहेको छ । तालिबानले अफगानिस्तानको पूर्वी सहर जलालाबादमा पकड बनाउन तालिबान विरोधी प्रदर्शनमा दमन गरेको छ ।

त्यहाँ उनीहरुले कयौं मानिसहरुलाई गोली हानेको र केहीको मृत्यु भएको अन्तर्राष्टिय सञ्चारमाध्यमा जाइएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको अनुसार तालिबानी लडाकूहरु जताततै हतियार बोकेर गस्ती गरिहेका छन् ।

सडकमा महिलाको संख्या कम देखिएको छ । तर, जनजीवन भने सामान्य जस्तै बन्दै गएको देखिएको छ ।

काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर अस्तव्यस्त अवस्था कायम छ । तालिबानका सदस्यहरुले विमानस्थल परिसर पस्न खोज्नेहरुलाई गोलीसमेत हानेका छन् ।

यात्राका कागजात भएकाहरुलाई समेत उनीहरुले रोकेका छन् । अहिले अमेरिकाले खटाएको विशेष सेनाको फौजले उक्त विमानस्थल चलाइरहेको छ । करिब ५ हजार जनालाई त्यहाबाट विगत २४ घन्टामा उद्धार गरिएको छ ।

अमेरिकी राहदानी भएकाहरुलाई भने तालिवानहरुले पस्न दिएका छन् । अमेरिकी सेनाले अफगानिस्तान छोडेलगतै तालिबानहरुले काबुल नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here