तालिबानको कब्जापछि बुर्खाको मूल्य दश गुणा बढ्यो

बिहीवार, एजेन्सी । तालिवानले सिंगो देश कब्जामा लिएपछि अफगानिस्तानमा बुर्खाको मूल्य ह्वात्तै बढेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार तालिवान शक्तिमा आएपछि बुर्काको मूल्य दश गुणासम्म बढेको हो ।

frontline

अहिले काबुललगायत प्रमुख शहरहरुमा बुर्खाको अभाव भएको छ । साथै माग बढेपछि कालोबजारी समेत भएको छ ।

अहिले पसलहरुमा बुर्का किन्ने महिलाहरुको भिड बढेको छ भने व्यापार सबैभन्दा बढी फष्टाएको छ ।

अफगानिस्तानमा २० वर्ष अघि तालिवानीले आफ्नो शासनमा महिलाहरुलाई बुर्का लगाउन वाध्य पार्नुका साथै विद्यालय जानबाट बन्देज लगाएका थिए ।

इस्लामिक परम्परा अनुसार मात्र चल्नुपर्ने नियम राखेका थिए ।

यसपटक पनि तालिवानी लडाकुहरु काबुलतर्फ अघि बढ्दै गर्दा नै त्यहीं हुनसक्ने भन्दै त्यहाँका महिलाहरु  बुर्खा किन्न निस्केका थिए ।

कोहि महिलाहरु बुर्खा नभएका कारण घर भित्र नै बस्न बाध्य भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here