तालिबानको कब्जापछि चीनद्वारा अफगानिस्तानसँग मित्रतापूर्ण सम्बन्ध रहने घोषणा

बुधवार, काबुल । अफगानिस्तानलाई तालिबानले कब्जामा लिएपछि चीनले अफगानिस्तानसँग मित्रतापूर्ण सम्बन्ध रहने घोषणा गरेको छ ।

चिनियाँ सरकारका प्रवक्ताले सोमबार मैत्रीपूर्ण र सहयोगी सम्बन्ध रहने प्रतिक्रिया दिएका हुन् । चीनले अफगानिस्तानबाट अमेरिकी हटाएसँगै तालिबानसँग अनौपचारिक सम्बन्ध कायम गर्न खोजेको बताइन्छ ।

frontline

अफगानिस्तानसँग चीनको ७६ किलोमिटर दूरी सीमा जोडिएको छ । यद्यपि अफगानिस्तान चिनियाँ मुस्लिम अल्पसंख्यक उइघुरहरुको बिन्दु बन्नसक्ने भन्दै चिन्तित थियो ।

तर गत महिना तियान्जिनमा उच्च स्तरीय तालिबान नेताले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटको क्रममा तालिबान नेताले अफगानिस्तानलाई लडाकूको आधार क्षेत्र बन्न नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

जवाफको रुपमा चीनले अफगानिस्तानको पुनर्संरचनामा आर्थिक सहयाता र लगानी बढाउने जनाएको थियो । सोमबार चीनले अफगानिस्तानसँग गहिरो सम्बन्धका लागि स्वागत गरेको थियो ।

तालिबान नेताहरुले पनि चीनसँग आफूहरुको सुमधुर सम्बन्ध विकास गर्ने बताउँदै आएका छन् ।

साथै अफगानिस्तानको विकास र पुनर्संरचनामा चिनियाँ सहभागिता अपेक्षा गरेको उनीहरुको भनाइ छ ।

तालिबानले सत्ता कब्जा गरेपछि रुसी अधिकारीसँग पनि भेटवार्ता गर्न थालेको छ ।

२० वर्षपछि अफगानिस्तानको शासन सत्ता कब्जामा लिएको तालिबानको संघर्षयात्रालाई अनेक रुपबाट टिप्पणी हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here