तालिबानका प्रवक्ता शाहीनले आफ्ना लडाकुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन

सोमबार, एजेन्सी । तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न निर्देशन दिएका छन् ।

तालिबान प्रवक्ता शाहीनले आफ्ना लडाकुहरुलाई सर्वसाधारणको घरमा बिना अनुमति नपस्न र उनीहरुका कुनै पनि सामग्री नछुन निर्देशन दिएका हुन् ।

frontline

उनले भनेको छन्, ‘कसैलाई पनि अनुमति बिना कसैको घरमा प्रवेश गर्न अनुमति छैन ।

कसैको जीवन, सम्पत्ति र सम्मान लाई हानी हुने छैन तर मुजाहिदीन द्वारा सुरक्षित हुनु पर्छ ।’

काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here