तारकेश्वर ११ नेपालटारको महादेव खोलामा नव निर्मित पुल उद्घाटन

काठमाडौं महानगरपालिका वडा नं १६ र तारकेश्वर नगरपालिका वडा नं. ११ जोड्ने महादेव खोलामा निर्माण भएको पुलको मंगलबार उद्घाटन भएको छ ।

काठमाडौं महानगरपालिकाको नगर प्रमुख विद्यासुन्दर शाक्य, उप–प्रमुख हरिप्रभा खड्की र तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहराले नेपालटाको महादेव खोलामा निर्माण भएको स्टिल पुलको संयुक्त रुपमा रिबन काटेर पुल उद्घाटन गरेका हुन् ।

frontline

तारकेश्वर नगरपालिका वडा नं. ११ को पहलमा नगर पालिकाको आर्थिक वर्ष २०७६ र ७७ को वार्षिक योजनामा करिव ५४ लाखमा पुल निर्माणको लागि ककनी निर्माण सेवालाई जिम्मा दिएको थियो । उक्त निर्माण कार्य समय अवधिभित्र नै सम्पन्न गरेको हो ।

पुल उद्घाटन कार्यक्रममा कामनपा १६ का अध्यक्ष मुकुन्द रिजाल, तारकेश्वर वडा नं. ३ का अध्यक्ष मनोहर तिवारी, ९ का अध्यक्ष बलराम सिटौला, ११ कि अध्यक्ष बिन्दा वुढाथोकी, वडा सदस्य प्रज्वल विक्रम थापा, सिता घले, नीता खड्का लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख तथा सुचना अधिकारी होमनाथ न्यौपाने सहित इन्जिनियरहरु र स्थानीयको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन तारकेश्वर

poster-here