तारकेश्वर नगरपालिकाद्वारा वडा वडामा रक्तदान कार्यक्रम

 बिरामीहरुलाई रगत अभाब नहोस भन्ने उदेश्य सहित बिभिन्न वडामा आकस्मिक रक्तदान

काठमाडौँ । तारकेश्वर नगरपालिकाले वडा वडामा रक्तदान कार्यक्रम गरिरहेको छ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको कारण अस्पतालमा उपचाररत बिरामीहरुलाई रगत अभाब नहोस भन्ने उदेश्य सहित नगरपालिकाले नगरका बिभिन्न वडामा आकस्मिक रक्तदान गर्दै आएको छ।

frontline

सोहि अनुरुप तारकेश्वर नगरपालिका वडा नं ५ को समन्वयमा  नागार्जुन मावि तारकेश्वर ५ मा  असार २ गते आकस्मिक रक्तदान समपन्न भएको छ ।

बुधबार बिहान ११ बजे देखि ३ बजे सम्म  सम्पूर्ण स्वास्थ्य सुरक्षा  सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट संचालन भएको उक्त रक्तदान कार्यक्रममा ७ जना महिला र  ४६ जना पुरुष गरि कुल ५३ जनाले रक्तदान गरेको  वडा सदस्य अनन्तमणि आचार्यले जानकारी गराए ।उनले छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल अवस्थामा पनि  धेरैजनाले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायत अन्य कारणले गर्दा ५३ जनाले मात्र रक्तदान गरेको जानकारी गराए।

श्रोत : ईन्टरनेट

कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकको तर्फ बाट उनले धन्यबाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन तारकेश्वर

poster-here