तारकेश्वरको बिईई रिजल्ट सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा को–को उत्कृष्ट भए लिस्टसहित

२४ चैत, काठमाडौं । तारकेश्वर नगर शिक्षा शाखाले शनिबार बिईई (आधारभूत शिक्षा परीक्षा) –२०८१ को नतिजा सार्वजनिक गरेको छ । जसमा तारकेश्वरका ४ विद्यालय १०० प्रतिशत उत्तीर्ण हुन् सफल भएका छन् ।

तारकेश्वर–१ मा रहेको बालकुञ्ज स्कुलले १३ जना विद्यार्थी परिक्षामा सहभागी गराई १०० प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै तारकेश्वर–२ मा रहेको संस्कार पव्लिक स्कुलले ३ जना मात्र सहभागी गराई १०० प्रतिशत उत्तीर्ण गराएका छन् । यूनाइटेड स्कलर्स एकेडेमीले २७ जना विद्यार्थी सहभागी गराई १०० प्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । तारकेश्वर–४ मा रहेको सृजना ज्ञानसागर सेकेण्डरी स्कुलले ७२ जना विद्यार्थी सहभागी गराई १०० प्रतिशत उत्तीर्ण गराउनुका साथै उच्चतम ३.९३ जीपीए प्राप्त गर्न सफल भएको छ । जीपीएको आधारमा दोस्रो उत्कृष्ट भएता पनि छात्रातर्फ पहिलो उत्कृष्ट जीपीए ल्याउन सृजना ज्ञानसागर मा.वि. सफल भएको छ । एभरेज नतिजामा सृजना ज्ञानसागर मा.वि. ३.५० जीपीएसहित तारकेश्वर नगरपालिकामा पहिलो विद्यालय बन्न सफल भएको छ ।

frontline

त्यस्तै प्रतिशतको आधारमा नर्थभ्याली स्कुलले ९६.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । नर्थभ्यालीबाट ३२ जना परिक्षामा सहभागी भई ३१ जना उत्तीर्ण भएका छन् । संस्थागत विद्यालयतर्फ रोजमेरी आइडलले ४९ जनामा ४७ जना उत्तीर्ण गराई ९५.९२ प्रतिशत प्राप्त गरेको छ । संस्थागतबाट कौशलले सबैभन्दा धेरै विद्यार्थी १२४ जना सहभागी गराई ११९ जना उत्तीर्ण गराउन सफल भएको छ । कौशलले ९५.९७ प्रतिशत ल्याई उत्कृष्ट बन्न सफल भएको छ ।

सामुदायिकबाट तारकेश्वर ९ मा रहेको मनमैजु माध्यमिक विद्यालयले ९५.४५ प्रतिशत उत्तीर्ण गराउन सफल भएको छ । मनमैजुमा ६६ जना विद्यार्थीबाट ६३ जना उत्तीर्ण भएका छन् । गत वर्ष भने ८७.७६ प्रतिशत मात्र पास भएका थिए । तारकेश्वर ७ मा रहेको तेजस्वी एकेडेमीले ४१ जना विद्यार्थी परिक्षामा सहभागी गराई ३९ जना उत्तीर्ण गराउन सफल भएको छ । तेजस्वीले ९५.१२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।

तारकेश्वर–९ मा रहेको हिमरश्मि हाई स्कुलले ९४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । हिमरश्मिमा ११० जना विद्यार्थीबाट १०४ जना उत्तीर्ण भएका छन् । त्यस्तै हिमरश्मिबाट छात्रातर्फ पहिलो बन्दै सेबु अम्गाईले ३.९३ उच्चतम जीपीए ल्याउन सफल भएकी थिइन । त्यस्तै अर्को १ जना छात्राले ३.९१ जीपीए र ३ जनाले ३.८८ जीपीए ल्याउन सफल भएका थिए । हिमरश्मिको औसत जीपीए ३.३८ रहेको छ । तारकेश्वर–१० मा रहेको न्यू एरा एकेडेमीले ३२ जना विद्यार्थी परिक्षामा सहभागी गराई ३० जना उत्तीर्ण गराउन सफल भएको छ । न्यू एराले ९३.७५ प्रतिशत रिजल्ट दिन सफल भएको छ ।

तारकेश्वर ८ को लामबगरमा रहेको मेगा पव्लिक स्कुलले १५ जना विद्यार्थी सहभागी गराई १४ जना उत्तीर्ण गराउन सफल भएको छ । मेगाको ९३.३३ प्रतिशत विद्यार्थी सफल भएका छन् । त्यस्तै तारकेश्वर २ मा रहको स्प्रिङ भ्याली एकेडेमीबाट २९ जना विद्यार्थी परिक्षामा सहभागी भई २७ जना उत्तीर्ण भएका छन् । स्प्रिङ भ्यालीबाट ९३.१० प्रतिशत विद्यार्थी सफल भएका छन् ।

तारकेश्वर ५ मा रहेको सामुदायिक विद्यालय पृथ्वीनारायण मा.वि.ले १११ विद्यार्थी परिक्षामा सहभागी गराई १०३ जना उत्तीर्ण भएका छन् । समग्रमा पृथ्वीनारायण मा.वि.ले ९२.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । गत वर्ष भने ८९.६६ प्रतिशत मात्र पास भएका थिए ।

तारकेश्वर १० मा रहेको लालिगुराँश नेशनल एकेडेमीले १२२ जना विद्यार्थी परिक्षामा सहभागी गराई १११ जना उत्तीर्ण गराउन सफल भएका छन् । जसमा ९०.९८ प्रतिशत विद्यार्थी पास भए । सामुदायिकतर्फ तारकेश्वर–२ मा रहेको कालिदेवि मा.वि.ले ११५ जना विद्यार्थी परिक्षामा सहभागी गराई १०४ जना उत्तीर्ण गराउन सफल भएका छन् । समग्रमा ९०.४३ प्रतिशत विद्यार्थी पास भएका छन् । कालिदेविको उच्चतम जीपीए ३.९३ रहेको छ । समग्रमा सामुदायिकतर्फ दोस्रो उत्कृष्ट जीपीए ल्याउन सफल भएको छ । गत वर्ष भने ८८.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । तारकेश्वर ६ मा रहेको सनफ्लावर एकेडेमीले ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । जसमा ६० जना विद्यार्थी परिक्षामा सहभागी भई ५४ जना उत्तीर्ण भएका छन् ।

तारकेश्वर ९ मा रहेको ज्ञानभूमि सेकेण्डरी स्कुलले ३५ जना विद्यार्थी परिक्षामा सहभागी गराई ३१ जना उत्तीर्ण गराउन सफल भएको छ । ज्ञानभूमिले समग्रमा ८८.५७ प्रतिशत पास गराउन सफल भएको छ । तारकेश्वर ८ मा रहेको प्रारम्भले ६१ जना विद्यार्थी परिक्षामा सहभागी गराई ५४ जना उत्तीर्णं गराउन सफल भएको छ । जसमा ८८.५२ प्रतिशत पास भएका छन् ।

त्यस्तै सामुदायिक तर्फ तारकेश्वर १ मा रहेको कुञ्चिप्वाकल मा.वि.ले १६ जना विद्यार्थी सहभागि गराई १४ जना उत्तीर्ण गराउन सफल भएको छ । समग्रमा ८७.५० प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने ६२.५ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । तारकेश्वर ५ मा रहेको एलिगेन्ट स्कुलले ८६.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । जसमा १५ जना सहभागी भई १३ जना पास भएका छन् । तारकेश्वर ६ मा रहेको ग्रामसेवा मा.वि.ले ४७ जना विद्यार्थी सहभागी गराई ३९ जना उत्तीर्ण गराउन सफल भएका छन् । समग्रमा ८२.९८ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने ६९.८१ प्रतिशत उत्तीर्ण भएका थिए ।

तारकेश्वर १० मा रहेको एन्जल्स हार्ट मा.वि.ले ७४ जना विद्यार्थी सहभागी गराई ६१ जना उत्तीर्ण गराउन सफल भएको छ । समग्रमा ८२.४२ प्रतिशत रिजल्ट दिन सफल भएको छ । तारकेश्वर ११ मा रहेको काठमाडौं शिक्षालयले तारकेश्वर नगरपालिका भित्रकै सर्वोत्कृष्ट उच्चतम जिपिए छात्र सफल ओझाले ३.९५ जीपीए प्राप्त गरेका छन् । काठमाडौं शिक्षालयबाट ४५ जना विद्यार्थी परिक्षामा सहभागी भई ३७ जना उत्तीर्ण भएका छन् । समग्रमा ८२.२२ प्रतिशत रिजल्ट दिन सफल भएको छ ।

तारकेश्वर ७ मा रहेको फुटुङ मा.वि.ले ४६ जना विद्यार्थी परिक्षामा सहभागी गराई ३७ जना उत्तीर्ण गराएको छ । समग्रमा ८०.४३ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने २२.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । तारकेश्वर ८ मा रहेको काठमाडौं लिकन स्कुलले ३९ जना विद्यार्थी परिक्षामा सहभागी गराई ३१ जना उत्तीर्ण गराएका छन् । जसमा ७९.४९ प्रतिशत विद्यार्थी पास भएका छन् ।

तारकेश्वर ११ मा रहेको नेपाल राष्ट्रिय सेकेण्डरी स्कुलले ६६ जना विद्यार्थी सहभागी गराई ४९ जना उत्तीर्ण गराउन सफल भएका छन् । जसमा ७४.२४ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने ४८.१५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । तारकेश्वर ४ मा रहेको पुरानो गुह्येश्वरी माध्यमिक विद्यालयले ३७ जना विद्यार्थी परिक्षामा सहभागी गराई २५ जना उत्तीर्ण गराउन सफल भएको छ । समग्रमा ६७.५७ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने ४०.६३ प्रतिशत पास भएका थिए ।

तारकेश्वर ३ मा रहेको नागार्जुन ठुलागाउँ मा.वि.ले ३१ जना विद्यार्थी सहभागी गराई २० जना उत्तीर्ण गराएको छ । समग्रमा ६४.५२ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने २३.०८ प्रतिशत पास भएका थिए । तारकेश्वर १० मा रहेको मानसिंह धर्म माध्यमिक विद्यालयले सामुदायिकतर्फ सबैभन्दा धेरै विद्यार्थी सहभागी १५४ जना गराई ९९ जना उत्तीर्ण गराउन सफल भएको छ । समग्रमा ६४.२९ प्रतिशत विद्यार्थी पास भएका छन् । मानसिंह धर्म मा.वि.बाट एक जना छात्रले सामुदायिक तर्फ पहिलो उत्कृष्ट उच्चतम जीपीए ३.९४ ल्याउन सफल भएको छ । गतवर्ष भने ३५.७१ प्रतिशत विद्यार्थी पास भएका थिए । तारकेश्वर २ मा रहेको काभ्रेस्थली मा.वि.ले २९ जना विद्यार्थीमा १७ जना उत्तीर्ण गराउन सफल भएको छ । जसमा ५८.६२ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने ३२.८८ प्रतिशत पास भएका थिए ।

तारकेश्वर ३ मा रहेको जीतपुर मा.वि.ले २५ जना विद्यार्थीमा १४ जना उत्तीर्ण गराउन सफल भएको छ । समग्रमा ५६ प्रतिशत विद्यार्थी पास भए । गत वर्ष भने १५.३८ प्रतिशत पास भएका छन् । तारकेश्वर ५ मा रहेको नागार्जुन मा.वि.ले ३३ जना विद्यार्थीमा १० जना पास गराउन सफल भएका छन् भने समग्रमा ३०.३३ प्रतिशत विद्यार्थी पास भए । गतवर्ष भने २२.८६ प्रतिशत पास भएका थिए ।

तारकेश्वर १ को साङ्ला बालकुमारी मा.वि.ले ३१ जना विद्यार्थी परिक्षामा सहभागी गराएर ९ जना मात्र उत्तीर्ण गराउन सफल भएको छ । समग्रमा २९.०३ प्रतिशत पास भए । गतवर्ष भने ३५.७१ प्रतिशत विद्यार्थी पास भएका थिए । त्यस्तै तारकेश्वर ३ मा रहेको कालिकाशरण मा.वि.ले ५० जनाबाट १३ जना मात्र उत्तीर्ण गराउन सफल भएको छ । समग्रमा २६ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने ३२ प्रतिशतले पास गर्न सफल भएको थियो ।

तारकेश्वरका अन्य संस्थागत विद्यालयको नतिजा भने हामीलाई कतैबाट पनि प्राप्त नभएकाले समावेश गर्न सकिएन । उपलब्ध भएमा थप गर्दै जानेछौं । दुई विद्यालयबाहेक गत वर्षको भन्दा अन्य सामुदायिक विद्यालयको नतिजामा सुधार भएको देखिन्छ ।

सामुदायिक तर्फ ८५७ जना विद्यार्थी परिक्षामा सहभागी भई ६१६ जना उत्तीर्ण भएका थिए । समग्रमा ७१.८८ प्रतिशत विद्यार्थी पास भएका छन् । गत वर्ष भने ५६.६ प्रतिशत उत्तीर्ण भएका थिए ।

त्यस्तै संस्थागततर्फ १९२५ जना विद्यार्थी परिक्षामा सहभागी भई १५३३ जना विद्यार्थी पास भएका छन् । समग्रमा ७९.६४ प्रतिशत विद्यार्थी पास भएका छन् ।

समग्रमा सामुदायिक र संस्थागत गरी तारकेश्वरमा २७८८ विद्यार्थी परिक्षामा सहभागी भई २१४९ जना (७७.०८ प्रतिशत) उत्तीर्ण भएका छन् । २२.९२ प्रतिशत विद्यार्थी फेल भएका छन् ।

विषयगत रूपमा संस्थागत र सामुदायिक विद्यालयले प्राप्त गरेको जीपीए हेर्नुहोस । – फरकपत्र डटकमको स्रोत नखुलाई समाचार कपि नगर्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here