तारकेश्वरको नवौं नगरसभा शुरू

फ्रन्टलाइन पालिका | तारकेश्वर नगरपालिकाको नवौं नगरसभा आज (बुधबार) शुरू भएको छ । नगरपालिकाको नगर सभाहलमा भएको नगरसभामा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यस अघि कोभिड लगायतका कारणले सम्पन्न हुन नसकेका योजनाहरू यथाशीघ्र सम्पन्न गर्ने र समग्र नगरपालिकामा अघि बढेका र बढ्ने क्रममा रहेका आयोजना पूरा गर्ने प्रतिबद्दता नगरपालिकाले गरेको छ ।

नगरप्रमुख रामेश्वर बोहराको सभापतित्वमा आयोजित सो नगरसभामा बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो । यस्तै सो कार्यक्रममा नगर उपप्रमुख भवानी डोटेल, प्रमुख प्रसाशकिय अधिकृत शिव प्रसाद लम्साल, शिक्षा शाखा प्रमुख होमनाथ न्यौपाने लगायत, ११ वटै वडाका अध्यक्षहरू, नगरपालिकाका कर्मचारीहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, मीडियाकर्मीहरूको सहभागिता रहेको थियो ।

frontline

कार्यक्रममा विभिन्न राजनीतिक दल र विबिध सरोकारवाला प्रतिनिधिहरूले नगरको विकासबारे सुझाव दिएका थिए । नगर प्रमुख बोहरा, उपप्रमुख डोटेल लगायतले सबै सकारात्मक सुझावलाई ग्रहण गरि समृद्द नगर बनाउन अघि बढ़ने अठोट व्यक्त गर्नुभयो । तारकेश्वर नगरपालिका स्थानीय सरकार गठन पछिको चार वर्षमा समग्र हिसाबमा विकासतर्फ अग्रसर नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here