तामिलनाडुमा पूर्ण लकडाउन सुरु
२५ पुस, चेन्नाई । भारतको दक्षिणी राज्य तामिलनाडुमा पूर्ण लकडाउन सुरु भएको छ।
पछिल्लो समय देखा परेको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सो राज्यमा आइतबारदेखि पूर्ण लकडाउन सुरु भएको हो।
कोभिड-१९ नियन्त्रण एवं रोकथामका लागि तामिलनाडु सरकारले लकडाउनको निर्णय गरेको हो। लकडाउन सुरु भएपछि तामिलनाडुका चेन्नाईलगायत मुख्य सहर सुनसान बनेको बताइएको छ।
लकडाउनसँगै सहरका मुख्य चोक र गल्लीहरुमा ठूलो संख्यामा प्रहरी र सुरक्षाकर्मी खटाइएको बताइएको छ।
लकडाउनपछि विहे, ब्रतबन्ध र महत्वपूर्ण कार्यक्रममा हिडेकाहरुले मात्रा यात्रा गर्न पाउने र महत्वपूर्ण कार्यक्रममा बढीमा १ सय मानिसमात्र उपस्थित हुन पाउने बताइएको छ।
त्यहाँका किराना पसल, पेट्रोल पम्प र अन्य अत्यावश्यक सामग्रीका पसलहरु सिमित समयमा मात्र खोल्न पाइने हिन्दुस्तान टाइम्समा खबर छ।
प्रतिक्रिया दिनुहोस्