तामाकोसी गाउँपालिकाका पूर्व उपाध्यक्षसहितलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । फिल्डमा भएको भन्दा बढी काम देखाएर भुक्तानी लिएको आरोपमा दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन पदाधिकारीसहित १० जना विरुद्ध दायर मुद्दामा विशेष अदालतले दिएको सफाइविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पुनरावेदन गरेको छ ।
अख्तियारले गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, वडा नं। १ का तत्कालीन वडा अध्यक्ष महेश्वर काफ्ले, वडा नं। ४ का तत्कालीन वडा अध्यक्ष होम बहादुर श्रेष्ठ, वडा नं. ३ का तत्कालीन तथा हालका वडा अध्यक्ष राम प्रसाद काफ्ले, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, लेखा अधिकृत विजय लुइँटेल, लेखापाल रामबहादुर कार्की, इन्जिनियर सुबोधकुमार चापागाईँ, सबइन्जिनियर सृजना दुवाल, उपभोक्ता समिति अध्यक्ष ईराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।




विशेषले २०८१ जेठ ९ गतेको फैसलामा, प्रतिवादीहरूले नेपाल सरकारलाई हानी नोक्सानी पुर्याएको प्रमाण नदेखिएको भन्दै सफाइ दिएको थियो।
उनीहरुविरुद्ध तामाकोसी गाउँपालिका– ३ स्थित सभाहल तथा सार्वजनिक शौचालय निर्माण योजनामा ठगी गरेको आरोप छ । उनीहरुविरुद्ध अख्तियारले १३ लाख ८९ हजार रुपैयाँ मागदाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्