तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने

सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा भारी बर्षा भएसँगै पहिरो आउँदा नदीको बहाब रोकिन गएको

काठमाडौं । तामाकोशी नदी, नेपाली हिमाली भेगमा कोशी वा सप्त कोशी नदी प्रणालीको एक भाग हो । यसको उत्पत्ति नेपाल-तिब्बत को सिमाना नजिकको रोङशार चु अनद लाप्ची ग्यांग नदीबाट भएको हो। यो नेपालको बागमती अञ्चल हुँदै दक्षिणी दिशामा बहन्छ अर्थात् दोलखा जिल्ला र रामेछाप जिल्ला हुँदै ।

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी नदीमा जुनसुकै बेला ठूलो बाढी आउन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सर्तक अबस्था रहन आग्रह गरेको छ ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको रोङजिया शहर र सोको आसपासमा भारी बर्षा भएसँगै पहिरो आउँदा नदीको बहाब रोकिन गएको सूचना प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

frontline

जिल्ला प्रशासन कार्यालयले शुक्रबार राती एक सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रको वस्ती तथा तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने भएकाले सजग रहन र कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान आग्रह गरेकाे छ ।

साथै प्रशासनले स्थानीय तहका पदाधिकारी र सुरक्षा निकायसँग समन्वय गर्न पनि तटीय क्षेत्रका वासिन्दालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here