ताप्लेजुङ–१ थिङ्लाबुमा आगलागीबाट तीन घर जलेर नष्ट

सान्केतिक तस्बिर

१३ पुस, ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –१ थिङ्लाबुमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ ।

बुधबार भएको आगलागीबाट थिङ्लाबु थुङ्थापका बलबहादुर लिम्बू, बिरध्वोज लिम्बू र भक्तबहादुर लिम्बूको घर जलेर नष्ट भएको हो ।

frontline

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बलबहादुर लिम्बूको भान्सा घरबाट सुरु भएको आगोले तीन घर जलेर नष्ट भएको हो ।

सो आगलागीबाट ७५ लाख रुपियाँ बराबरको क्षति भएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

सो गाउँपालिकास्थित सान्थाक्रा प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले सङ्कलन गरेको विवरणअनुसार आगलागीबाट सबैभन्दा बढी बलबहादुरको ४० लाख रुपियाँ बराबरको क्षति भएको बताइएको छ ।

बलबहादुरको घरभित्र भएको नगद ५० हजार रुपियाँ, खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा सहितका सामग्री तथा तीन सय ६० केजी अलैँची जलेको छ । 

यस्तै, आगलागीबाट भक्तबहादुरको २५ लाख रुपियाँ र वीरध्वज लिम्बूको १० लाख रुपियाँ बराबरको क्षति भएको छ ।

उहाँहरु दुवै जनाको घरभित्र रहेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायत घरायसी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here