ताप्लेजुङका दावा शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता

१७ असोज, काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा गएको हिमपहिरो बेपत्ता ब्यक्ति ताप्लेजुङका दावा शेर्पा रहेको खुलेको छ ।
आइतबार दिउसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता शेर्पाको सोमवार बिहानैदेखि हेलिकप्टरबाट खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए ।




दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीका शेर्पा बेपत्ता भएका सो कम्पनीका पासाङ फुर्बु शेर्पाले जानकारी दिए ।
हराएका शेर्पाको साँझसम्म सिम्रिक एयरको हेलिकोप्टरबाट खोजी गरेपछि फेला पार्न सकेन । सोमवार बिहान पुन खोजी गर्न हेलिकप्टर चुमनुब्रीको सामागाउँमै राखिएको थियो ।
यस अघि गत मंगलवार पनि मनास्लु हिमालको तेस्रो र चौँथो शिविरको बिचमा पहिरो गएको थियो । उक्त हिमपहिरोमा एक जनाको मृत्यू भएको थियो भने १२ जना घाईते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्