“तातो गोली” युट्युब ट्रेन्डिङमा

गायक महेशले नाच फिरिरि, माया बिरानी र लज्जावती झारको अपार सफलता पछि चौथो गीत “तातो गोली”।

गायक महेश काफ्लेको आवाजमा रहेको गीत युट्युबको ट्रेन्डिङमा आएको छ । गीतले युट्युबको ट्रेन्डिङको चौथो स्थान ओगटेको छ l (माया बिरानी २ ) “तातो गोली” बोलको गीतमा काफ्लेकै शब्द तथा संगीत रहेको छ ।

frontline

आवाजमा महेशलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । हाल सम्म भिडियोलाई छ लाक उनन्तिस हजारले हेरी सकेका छन् भने ३२ हजारले लाइक र नौ सय बाह्रले डिसलाइक गरेका छन्।कमेन्टमा दर्शक सकारत्मक प्रतिकृया दिनुका साथै दर्शकले अत्याधीक रुचाएको देख्न सकिने छ।

असीम शाहको निर्देशनमा तयार पारिएको भिडियोमा महेश , निश्चल बस्नेत, स्वस्तिमा खड्का र पुष्कर गुरुङको अभिनय रहेको छ।

उदय राज पौडेलको संगीत संयोजन , हरि हुमागाईँको छायाङ्कन , लोकेश बज्राचार्यको सम्पादन भिडियोमा देख्न सकिन्छ।

भिडियोलाई जी टु वान डिजिटल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।

गायक महेशले नाच फिरिरि, माया बिरानी र लज्जावती झारको अपार सफलता पछि चौथो गीत “तातो गोली” दर्शक माझ ल्याएका हुन ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here