ताइवानको विषयलाई लिएर अमेरिकी र चिनियाँ राष्ट्रपतिद्वारा एकअर्कालाई दिए चेतावनी

फाइल तस्बिर

१३ साउन, वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानको विषयलाई लिएर एकअर्कालाई चेतावनी दिएका छन् । 

दुई नेताबीच भएको दुई घण्टा लामो टेलिफोन संवादमा एकअर्कालाई चेतावनी दिएका हुन् । 

frontline

अमेरिकी राष्ट्रपति जो बोइडेनले चिनियाँ समकक्षी सी जिनपिङलाई ताइवानको हैसियत परिवर्तन गर्ने एकपक्षीय कदमको अमेरिकाले कडा विरोध गरेको बताएका छन् । उनले अमेरिकाको ताइवानप्रतिको नीति परिवर्तन नभएको पनि बताएका छन् । 

बेइजिङका अनुसार राष्ट्रपति सीले बाइडेनलाई ‘एक चीन सिद्धान्त’लाई पालना गर्न भन्दै ‘आगोसँग खेल्ने जोसुकै जलेर नष्ट हुने’ चेतावनी दिएका छन् । 

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्न लागेको हल्लापछि दुई मुलुकबीच तनाव चर्केको हो । 

अमेरिकी विदेश मन्त्रालयले पेलोसीले यस्तो कुनै भ्रमण कार्यक्रम घोषणा गरिनसकेको बताएको छ भने चीनले पेलोसीले भ्रमण अघि बढाए ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएको जनाएको छ ।

बीबीसीबाट ।   

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here