तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग

काठमाडौँ । अन्नपूर्ण चक्रीय पदमार्ग त्यस क्षेत्रका सुन्दर पहाड, विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरूको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरूको लागि एक उत्तम गन्तव्य हो । हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्वमै चर्चित बनेको छ ।
यस पदमार्ग अन्तर्गत ६ जिल्ला पर्ने गर्दछन् । जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी रहेका छन् । लमजुङको बेशीशहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ ।




यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरि, माछापुच्छ्रे, मनासलु, गङ्गापूर्ण, हिउँचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६हजारदेखि ८हजार मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ ।
यस चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भन्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भन्ज्याङ मध्ये एक हो । यो मनाङ र मुस्ताङ जिल्लाको बिचमा अवस्थित छ ।
_hTSupKWmYB.jpg)
कहिलेकाहीँ डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भन्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ । विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ ।
_tEPJaRrdWB.jpg)
पहिले बेशीशहरबाट हिँड्दा पाँचौँ दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौँबाट सवारी साधनमा हिँडेकै दिन मानिसहरू मनाङ गाउँ पुगेर बास बस्छन् ।
_dcY2kuiE2U.jpg)
त्यस्तै बागलुङ–पोखरा सडकखण्डको नयाँ पुलबाट यात्रा सुरु भएको पाँचौँ दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन् ।
_Uw17FviyDu.jpg)
यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ, जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ । जथाभाबी सडक निर्माणको काम रोकी यस पदमार्गलाई पैदलयात्री मैत्री बनाउन आवश्यक देखिन्छ । तस्बिर : क्षितिज तामाङ (नेपाल फोटो लाइब्रेरी)
_2IYp6rHoO9.jpg)
_eGXwASWCPt.jpg)
_K0OpmzZLBZ.jpg)
_Oyo0yymPg8.jpg)
_mZ3mz4VYgQ.jpg)
_szA7PMIZLB.jpg)
_mtrJMcfx9A.jpg)
_ftpQDBTeSW.jpg)
_Xlkjhdbny9.jpg)
_rF97znG3e4.jpg)
_XGZZOCwo0i.jpg)
_2xLppmCKuH.jpg)
प्रतिक्रिया दिनुहोस्