तस्करी गर्ने उद्देश्यले वन्यजन्तु मारेको आरोपमा दुईजना पक्राउ
धनगढी । कञ्चनपुरमा तस्करी गर्ने उद्देश्यले वन्यजन्तु मारेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
कृष्णपुर नगरपालिका–७ कलुवापुर क्षेत्रबाट सुन गोहोरो जस्तो देखिने वन्यजन्तु मारेर ल्याइरहेको अवस्थामा सव डिभिजवन वन कार्यालय पिपरैयाले दुुई जनालाई पक्राउ गरेको हो ।
सब वन डिभिजन वन कार्यालयका रेन्जर महेश सिहले विशेष सूचनाका आधारमा कृष्णपुर नगरपालिका-७ कलुवापुरका र्बिबु राना र सुरेश रावतलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सव डिभिजन वन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्