तस्करी गरी ल्याइएका दुई ट्रक सामान वीरगन्जबाट बरामद, चालक फरार

वीरगन्ज ।  भारतबाट तस्करी गरी ल्याइएका दुई ट्रक सामान प्रहरीले वीरगन्जबाट बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्र्याइएका कपडा, विद्युतीय सामान, मोटरपार्टसलगायतका सामान बोकेर चितवन जाँदै गरेका पशुपति ट्रान्सपोर्टको दुईवटा ट्रक प्रहरीले वीरगन्जबाट बरामद गरेको हो । 

सुराकीको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज १४ गण्डकबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको ट्रक कपडा बरामद गरेको हो । वीरगन्जबाट चितवन जाँदै गरेका दुवै ट्रक गण्डक चोकमा प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा दुवै ट्रकका चालक सामानसहितको ट्रक छाडेर फरार भएका थिए । 

frontline

त्यसपछि प्रहरीले दुवै ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याएर खानतलासी गरेको थियो ।  त्यस क्रममा ट्रकमा भन्सार राजश्व तिरेको पुरानो मितिको प्रज्ञापनपत्र भेटिएको तर सामानको बीलविजक भने एक दुई दिन यताको मितिमा काटिएको देखिएकाले ट्रकमा भएका सामानहरु तस्करी गरेर ल्याइएको हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । 

पाण्डेका अनुसार, ना.३ ख ५१६५ नम्बरको ट्रकमा भेटिएको प्रज्ञापनपत्रमा मिति २०७७ माघ २२ गते र ना ३ ख ५५२५ नम्बरको ट्रकमा भेटिएको प्रज्ञापनपत्रमा मिति २०७८ साउन २१ गते उल्लेख छ । 

तर दुवै ट्रकमा बरामद सामानको बिलबिजकमा मिति भने यहि भदौ १९ र २० गतेको उल्लेख छ । प्रज्ञापनपत्र र बिलबिजकको मिति बीच धेरै दिनको फरक देखिएकाले ट्रकमा रहेका सामान तस्करीको भएको पाण्डेले बताए । 

त्यसैले सामानसहितको दुवै ट्रक ८० लाख रुपैयाँको मुल्यांकन गरी बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here