तराईमा ह्वात्तै बढेको चिसो र शितलहरका कारण सर्वसाधारणको दैनिकी कष्टकर

२२ पुस, वीरगन्ज (पर्सा) । विगत दुई–तीन सातादेखि तराईमा ह्वात्तै बढेको चिसो र शितलहरका कारण सर्वसाधाणहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।

दिनभर बाक्लो हुस्सुसँगै शितलहरका कारण दैनिक ज्यालादारीमा काम गर्नेहरु बढी प्रभावित बनेका छन् ।

frontline

दिनभर काम गरेर एक छाक टार्ने गरीब तथा असहाय परिवारहरु अहिले आगोको भरमा दिनचर्या बिताउन बाध्य छन् ।

विहानदेखि बेलुकासम्म कठ्याङ्ग्रीदो चिसो लाग्ने गरेको कारण दिनभर पराल तथा दाउराको सहारामा दिन विताउने गरेको उनीहरुको भनाइ छ ।

दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण स–साना बालबालिका तथा बृद्धबद्धाहरु बढी प्रभावित भएका उनीहरुको भनाइ छ ।

ग्रामीण भेगका गरीब परिवारहरु फुस तथा खपडाको छाप्रोमा बस्ने परिवारका स–साना बालबालिका एवं बृद्धबृद्धाहरु बढी प्रभावित बनेका हुन् ।

चिसो बढेसँगै न्यानो लत्ताकपडाको अभावको कारण आगोको भरमै दिनचर्या विताउन बाध्य छन् उनीहरु । रातिको समयमा भने परालले बनाएको चटाईको भरमा रात विताउने गरेको उनीहरुको दुखेसो छ ।

रातिको समयमा बाक्लो हुस्सुसँगै शितलहरी पर्न थालेपछि सुत्नसमेत समस्या हुने गरेको उनीहरुको भनाइ छ ।

उनले भने, ‘दिनभरी आगोलाई समातेर बस्नुपर्ने अवस्था छ । हिँड्नसक्ने अवस्था छैन । जीउमा लगाउने कपडा छैन । खुट्टामा जुत्ता छैन । चप्पल छैन ।’ हालसम्म कसैले पनि सहयोग गर्न नआएको स्थानीयहरुको भनाइ छ ।

उनले थप भनेका छन्, ‘चिसोले गर्दा काम गर्न पनि समस्या भएको छ । यत्रो चिसो बढिसकेको छ । हालसम्म कसैले एउटा कपडा पनि उपलब्ध गराएको छैन । दाउरा पनि उपलब्ध गराएको छैन । पराल र फोहरहरुलाई जलाएर आगो ताप्दै दिन बिताउने गरेका छौं ।’

शितलहरका कारण हात खुट्टा काम्ने गरेकोले बाहिर निस्केर दैनिक ज्यालादारी काम गर्न पनि समस्या भएको उनीहरुको भनाइ छ ।

चिसोको समयमा ११ बजेभन्दा अगाडि घरबाट निस्कनसक्ने अवस्था नरहेकोले पूरा समय काम गर्न नसकेको उनीहरुको भनाइ छ ।

चिसोका कारण विहानदेखि साँझसम्म काम गरेर छाक टार्ने गरीब, दलित परिवारका सदस्यहरु अहिले दैनिक रुपमा काममा पनि जान नसकेको बताउँछन् । पर्सा जिल्लाको ग्रामीण भेगमा रहेको अधिकांश गरीब तथा दलित परिवारहरु चिसोले प्रभावित छन् ।

सम्बन्धित स्थानीय निकायले हालसम्म चिसोबाट बच्नको लागि कुनै किसिमको सहयोग गर्न सकेको छैन । केही दिनदेखि वीरगन्ज महानगरपालिकाका मेयरले बृद्धबृद्धाहरुलाई न्यानो कपडा वितरण गर्ने अभियान सञ्चालन गरेतापनि त्यसबाट उनीहरुले खासै लाभ लिन सकेका छैनन् ।

महानगरपालिकाले पनि चिसोबाट बच्नको लागि दाउराहरु वितरण गर्ने गरेको छ तर, यस वर्ष पुसको अन्तिम साता वित्न लाग्दासमेत दाउरा वितरण गरेको छैन ।

तराईमा वर्षेनी शितलहरीका कारण दर्जनौंले ज्यान गुमाउने गरेका छन् । अहिलेको अवस्थामा सो गरीब परिवारका बृद्धबृद्धाहरुको जिउने आधार नै आगो मात्रै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here