तराईमा बढेको शितलहरसँगै बाक्लो हुस्सुका कारण दलित परिवारहरु बिचल्लीमा

१० पुस, वीरगन्ज । तराईमा विगत एक हप्तादेखि बढेको शितलहरसँगै बाक्लो हुस्सुका कारण दलित परिवारहरु बिचल्लीमा परेका छन् । पर्सा जिल्ला लगायत वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेका गरिब, निमुखा दलित परिवारका सदस्यहरु अहिले चिसोको कारण प्रभावित बनेका छन् ।

वीरगन्जको घण्टाघर स्थित छेउमै रहेको रेल्वे संस्थानको जग्गा छेउमा फुसको छाप्रो तथा त्रिपालको छानो बनाई आफ्नो जीविकोपार्जन गर्दै आएका दलित परिवारहरु चिसोले प्रभावित भएको बताएका छन् ।

frontline

दिन प्रतिदिन बढ्दै गएको चिसोको कारण सानासाना बालबालिका तथा वृद्धवृद्धाहरु बढि प्रभावित भएको उनीहरुको भनाई छ । चिसो बढेसँगै लुगा कपडाको अभावको कारण आगोको भरमै दिनचर्या विताई रहेका छन् भने रातिको समयमा सुत्ने बेलामा परालले बनाएको चटाईको भरमा रात विताउने गरेको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here