तरकारी खेतीको लागि प्लाष्टिकको टर्नेल काठेखोला

काठेखोला गाउँपालिकाले तरकारी खेतीको लागि प्लाष्टिकको टर्नेल वितरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप प्लाष्टिकको टर्नेल वितरण गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार सो कार्यक्रमको लागि चालू आर्थिक वर्षमा ३ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो रकमबाट २५ हजारको दरले १३ वटा कृषक फार्मलाई टर्नेल वितरण गरिने जनाइएको छ । 

frontline

इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने जनाइएको छ । छनौट भएका व्यक्तिले ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here