तम्घास सिमलटारी सडक खण्डको सेउघामा सडक भासियो

गुल्मी । अबिरल वर्षासँगै पहिरो जाँदा गुल्मीको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्डको सेउघामा सडक भासिएको छ ।

सडक छेउको ग्याभिङ्ग वालसहित सडक भत्किएर पहिरो गएपछि २ वटा घर समेत जोखिम बनाएको छ ।

frontline

राजमार्गको तम्घास सिलटारी खण्ड अन्र्तगत रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरोले कालोपत्रे सडकको आधा भन्दा धेरै भाग सडक भत्किएको छ । सडक भासिएर पहिरो गएपछि यात्रा गर्न जोखिम बनेको छ ।

अहिले एक तर्फ रुपमा सवारी साधनहरु आवत जावत गरेका छन् । तर अरु धेरै भाग चर्कीएकाले थप पहिरो जानसक्ने जोखिम उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here