तमिलनाडुमा कार दुर्घटना हुँदा आठ तीर्थयात्रुको मृत्यु

९ पुस, भारत । तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन्। कार सडकबाट करिब ४० फिट तल खस्दा सो दुर्घटना भएको हो।

अन्दिपट्टी नजिकैको सन्मुगासुन्दरपुरम गाउँका दश अयप्पा भक्तहरू सबरीमालाको दर्शन गरेर घर फर्कदै गर्दा शुक्रबार बेलुका उनीहरूको कार दुर्घटनामा परेको थियो।

frontline

उनीहरू कुमुली पहाडी सडक इराइचलपलम नजिक पुग्दा सो कार खाडलमा खसेको थियो। ‘थेनी जिल्लाको कुमुली पहाडको भञ्ज्याङमा सो कार ४० फिट गहिरो खाडलमा खस्दा आठ श्रद्धालुको मृत्यु भएको छ,’ थेनीका जिल्ला कलेक्टर केभी मुरलीधरनले बताएका छन्। उनले दुई जनालाई उद्धार गरी अस्पताल लगिएको पनि बताएका छन्।

उद्धार गरिएका दुई जनामा ९ वर्षीय बालकसमेत रहेका छन्। गम्भीर घाइते भएका उनीहरुलाई नजिकैको सरकारी अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। दुर्घटनाबारे अनुसन्धान जारी छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here