तनहुँ शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रको जित

४ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले जितेको छ ।

नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर वि.क निर्वाचित भएका हुन् ।

frontline

एमालेका मुक्तिनाथलाई २ हजार ४२३ मतान्तरले हराउँदै पण्डित निर्वाचित भएका हुन् । पण्डितले १२ हजार २६३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका तिम्सिनाले ९ हजार ८४० मात्र मत पाए ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर विकले ३०५ को मतान्तरले एमालेकी फूलमाया वाग्लेलाई हराएका हुन् ।

विकले १० हजार २६२ मत प्राप्त गर्दा एमालेकी वाग्लेले ९ हजार ९५७ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here