तनहुँ व्यासमा बालुवा बोकेको ट्रक पल्टिंदा राजमार्ग नै अवरुद्ध

तस्बिर : रासस

११ साउन, तनहुँ । तनहुँको व्यास नगरपालिकामा बालुवा बोकेको ट्रक राजमार्गमा पल्टिंदा राजमार्ग नै अवरुद्ध भएको छ।

पृथ्वी राजमार्गअन्तरगत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कन नजिक बुधबार बिहान ट्रक पल्टिएको हो।

frontline

ग१ख ४७९२ नम्बरको ट्रकमा रहेको बालुवा राजमार्गभरि छरिएको छ। बालुवासहितको ट्रक सडकमा तेर्सो परेको हुनाले राजमार्ग अवरुद्ध भएको र सवारीसाधान चल्न नसकेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here