तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको परीक्षणमा समस्या

आइतबार, दमौली । तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका हुन् ।

विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मीविहीन छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले बताए ।

frontline

यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मीविहीन बनेको र यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको अधिकारीले बताए । उनले भने, “अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हत्कडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।”

कारागारमा हाल १११ थुनुवा र १७५ कैदीबन्दी गरी २८६ छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको छ । “गर्मी, चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुनसके सहज हुन्थ्यो”, उनले भने, “सम्बन्धित निकायमा पटक–पटक यसबारेमा जानकारी गराएका छौँ ।”  रासस

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here