तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

४ पुस, दमौली ।  पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

व्यास नगरपालिका-१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो।

frontline

मृत्यु हुनेमा व्यास-२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

ना७ख ६४०७ नम्बरको बसले ग१९प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

बस र चालक प्रहरी नियन्त्रणमा रहेका छन्। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here