तत्काल विद्यालय सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे सिंहदरबारमा छलफल

२१ माघ, काठमाडौं । विद्यालय सञ्चालन गर्ने र नगर्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार दिउँसो एक बजेपछि छलफल सुरु भएको अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए ।

बैठकमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । यसअघि प्याब्सनका प्रतिनिधिले शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर माघ २३ गतेपछि विद्यालय खोल्न पाउनुपर्ने माग राखेका थिए ।

frontline

सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले एउटा निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here