कच्चा सुनको तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यसायीको माग

२२ माघ, काठमाडौं । बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरुले तत्काल आपूर्ति बढाउन सरकारसँग माग गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आइतबार गएको महासंघको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई महासंघको तर्फबाट ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो ।

frontline

भेटमा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए । त्यसका लागि व्यवसायीसँग आवश्यकता अनुसार परामर्श गरेर अगाडि बढ्ने उनले बताए ।

मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरुले सुनचाँदी कारोबारको निर्देशिका समेत जारी गर्न आग्रह गरे । भेटमा व्यवसायीहरुले सुनचाँदी व्यवसायीहरुले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here