तत्काल अक्सिजन उत्पादन, आपूर्ति र वितरण गर्न प्रधानमन्त्रीको निर्देशन

१५ साउन, काठमाडौं ।

फ्रन्टलाइन राजनीति । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीबाट विरामी भएका नागरिकको उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य उपकरणको तत्काल व्यवस्थापनका लागि निर्देशन दिनुभएको छ ।

विभिन्न अस्पतालका सञ्चालक, चिकित्सक, विज्ञ, अक्सिजन उत्पादक, वितरक, निजी क्षेत्र, मन्त्री र सरकारी निकायसँगको विशेष छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले मानव जीवन रक्षाका लागि तीव्र रफ्तारमा काम गर्न निर्देशन दिनुभयो ।

frontline

कोभिड(१९ को दोस्रो भेरियन्ट संक्रमणका सन्दर्भमा आयोजित विशेष छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसको नियन्त्रणका लागि सरकारले चालेका कदमका विषयमा जानकारी दिंदै विभिन्न निकायले गर्नु पर्ने कामबारे निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here