ढुक्कसंग मतदान गर्न निर्वाचन आयोगको अपील

फाइल तस्बिर

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले ढुक्कसंग मतदान गर्न मतदातालाई अपील गरेको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले शनिबार पत्रकार सम्मेलन गर्दै ढुक्कसंग मतदाता गर्न मतदातालाई अपील गरेको हो ।

प्रमुख आयुक्त थपलियाले आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि साझँसम्म ५ बजेसम्म मतदान गर्न सकिने बताए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढंगले सम्पन्न गर्न कडा सुरक्षाको व्यवस्था गरेको बताए ।

frontline

आयोगले आइतबार हुने निर्वाचनपछि मतगणनाको अपडेट प्रत्येक घण्टामा दिन निर्देशन दिएको छ । 

मत परिणाम सार्वजनिक गर्न निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकेर सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न आयोगले आग्रह गरेको छ ।

आयोगले मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन भनेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here