ढल र सडकको समस्या समन्वय अभावले भएको हो, त्यस्तो हुँदैन : मेयर शाह

फाइल तस्बिर

२९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले विगतमा सरकारका निकायबीच सम्वन्वय नहुँदा ढलदेखि सडकसम्म समस्या भएको बताएका छन्।

उनले अब यस्ता समस्या नहुने र हुन नदिने बताए। मेयर शाहले सडक विभाग, विद्युत प्राधिकरण, खानेपानी संस्थान लगायतसँगको छलफलपछि अब समन्वयमा काम गर्ने कुरा भएकाले समस्या नआउने बताए।

frontline

सडक विभाग, विद्युत प्राधिकरण सँग प्रत्येक महिनाको पहिलो सोमबार बैठक बसेर आपसी समस्या समाधान गर्ने समझदारी भएको मेयर शाहले आइतबारको कार्यपालिका बैठकमा जानकारी पनि गराए। 

‘यो काम चाहिँ अरुको हो भनेर नपन्छिन हामीले भनेका छौं’, उनले भने, ‘महानगरले यस्ता कुरा अनुगमन गर्न पाउनुपर्ने माग गरेका छौं। सकेसम्म तालिका नै बनाएर काम गर्ने कुरा भएको छ।’ 

बाटो खन्दा रोलर लगाउन सकिने हुनुपर्ने महानगरका तर्फबाट कुरा राखेको भन्दै अब महानगरभित्र विद्युतको तार भूमिगत हुने भएकाले समस्या नहुने शाहले बताए। 

उनले एक वडामा एक रिर्भस बोरिङ बनाउने बताए। ‘धेरै कुरा सहकार्य नभएर हुने गरेका रहेछन्’, उनले भने, ‘अब सबैका बीचमा सहकार्य गर्ने सहमति भएको छ। अब समस्या विस्तारै समाधान होला।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here