“ड्रिमल्यान्ड किन्डरगार्टेन ” पुर्ब प्राथमिक विद्यालयको सरस्वती पूजा एवम अक्षरारम्भ कार्यक्रम सम्पन्न

मिति २०८१ माघ २१ गते सरस्वती पुजा कामनपा वडा न.१६ नयाँ बजार स्थित “ड्रीमल्याड किन्डरगार्डन ” पुर्ब प्राथमिक विद्यालयले सरस्वती पूजा एवम अक्षरारम्भ कार्यक्रमको पावन अवसरमा आयोजना गरेको पूजा तथा भर्ना कार्यक्रममा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
प्ले ग्रुप देखि कक्षा युकेजी सम्म अध्यापन गराइने उक्त विद्यालय नयाँ बजार क्षेत्रकै उत्कृष्ट पुर्ब प्राथमिक विद्यालय मध्ये एकमा पर्दछ । विद्यार्थी एवम अभिभावकहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अक्षरारम्भ गर्नुहुने नया विद्यार्थीहरुलाई भर्नाको व्यवस्था गरिएको थियो।
बाक्लै रुपमा विद्यार्थी एवम अभिभावक समेत उक्त पूजा कार्यक्रममा सहभागीता जनाउनुभएको थियो ।
साथै विद्याकी देवी सरस्वती माताले सबैलाइ सत्कर्म र असल बाटोमा हिड्ने आशिर्वाद अनि प्रेरणा दिउन भनी प्राथना गर्दै विद्यालयका प्र.अ. सुनिता शाक्यले कार्यक्रममा पाल्हुहुने सम्पुर्ण अभिभावकज्यूहरु,विद्यार्थीहरु,शिक्षक एवम कर्मचारीहरुलाइ हार्दिक आभार समेत प्रकट गर्नुभएको छ ।







प्रतिक्रिया दिनुहोस्