डोल्पाली नागरिक जोगाउन युवाले सहयोग संकलन अभियान सुरु

श्रोत : ईन्टरनेट

काठमाडौं । डोल्पा- विश्वभर महामारीको रुपमा फैलिरहेको दोश्रो लहरको कोरोना भाइरसबाट डोल्पाली नागरिक जोगाउन स्थानीय युवाले सहयोग संकलन अभियान सुरु गरेका छन् ।

जिल्लाको ठूलीभेरी नगरपालिका अन्तर्गत पर्ने जुफाल बस्ने बालकृष्ण डाँगी,मनराम ठकुल्ला,ज्ञानेन्दविक्रम शाहीले सुरुमा सामुहिक २५ हजार रकम जम्मा गरेर यो अभियानको सुरु गरेका हुन् ।
आधारभुत स्वास्थ्य सुविधाका हिसाबमा समेत पछि परेका दुर्गम डोल्पामा संक्रमित नागरिकहरु जोगाउन पुर्व तयारी स्वरुप हेल्पिङ् हेण्ड मार्फत आर्थिक सहयोग जुटाउन अभियाननै चलाइएको हो ।

frontline

एकसाता अघिमात्र सुरु गरिएको यस अभियानमा विभिन्न व्यक्ति र संस्थाबाट दश लाख नगत रकम संकलन भइसकेको अभियान्ता बालकृष्ण डाँगीले जानकारी दिए ।

“हामिले विशुद्ध रुपमा हाम्रा नागरिक जोगाउन गरेको अभियान हो,हाम्रो यो अभियानलाई देश विदेशबाट माया धेरैभन्दा धेरै माया गर्नुभयो,घण्टा घण्टामा सहयोगको सुचना आइरहेको छ”डाँगीले भने ।

संकलित दश लाख रकम मध्ये छ लाख रकमबाट अक्सिजन

सिलिण्डर,औषधि,मास्क,स्यानीटाइजर लगायतका कोभिड बिरुद्धक स्वास्थ्य सामग्री खरिद गरेका छौँ,त्यसमा स्वास्थ्यकर्मीकालागि पनि आवाश्क सामग्रीहरु खरिद गरेका छौँ,सम्भवत आज दुनै पुग्छ आवश्यक्ता र प्रयोगको अवस्था हेरेर जिल्ला अस्पताल लगायतका आठवटै स्थानीय तहमा पठाउने योजना छ ।”

“यसैपनि विकट जिल्ला छ,सुविधा सम्पन्न अस्पतालको अभावमा संक्रमितलाई ढुक्कले उपचार गराउने अवस्था छैन्,भगवान भरोसामा उपचार गराउनु पर्ने अवस्था छ,जिल्ला अस्पतालमै अक्सिजनको अभाव छ,स्वास्थ्य संस्थाको त के कुरा गरौँ”डाँगीले दुख व्यक्त गरे ।
खरिद गरिएको सबै सामग्रीहरु आजै सदरमुकाम दुनै पुग्ने बताउँदै एक दुई दिनमै बितरण गरिने डाँगीले बताए ।

डोल्पाली नागरिककालागि सुरु गरिएको यो अभियानमा जिल्लाका सांसद मन्त्री,स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी,बुद्धिजिवि, व्यापारी, कर्मचारी, बैदेशीका रोजगारमा गएका व्यक्तिबाट पुर्ण हौसलाका साथ सहयोग भएको बताइएको छ ।

जसमा पुर्वराज्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाले नगत एक लाख,पुर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्या पहाडीले पन्ध्र थान सिलिण्डर,२ थान अक्सिजन कन्सन्सट्रेटर,२ सय थान एन्टिजिन किट,अक्सिजन रेगुलेटर लगायतका सामाग्री सहयोग गरेकाछन् ।
त्यसैगरि प्रदेश सभा सदस्य बिरबहादुर शाहीले बिस हजार नगद सहयोग गनुभएको छ ।

हेल्पिङ् हयाण्ड डोल्पाको सिटजन्स बैंक जुफाल रहेको खाता नं ०९४०१ ०००००२०६२०१ मा सहयोग गर्न अपिल समेत गरिएको छ ।

दुनैमा पनि रकम संकलन

सदरमुकाम दुनैमा पनि नागरिक सहायता कोष मार्फत दुई लाख रकम संकलन गरिएको छ ।

नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढा,युवा समाजसेवी ओमेन्द्र केसी पत्रकार टेक बहादुर शाही,समाजसेवी युवा योगेन्द्र बुढा लगायतका युवाहरुले यो अभियान सुरु गरेकाहुन् ।

यसरी संकलिन रकम अत्यतै विपन्न नागरिकको उपचारमा खर्च गरिने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले जानकारी दिए ।

नागरिक सहायता कोष मार्फत विगत देखिनै आगलागि पिडित,बाढी पिडित,सडक मानव उद्धार लगायतका सामाजिक काम हुँदै आएको छ ।

कोषको सदरमुकाम दुनै स्थित सिटिजन्स बैंकमा रहेको खाता नं ०४२०१ ००००००४६३०१ मा रकम जम्मा गरि सहयोग गरिदिन अपिल समेत गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस्

poster-here